काठमाडौँ। गत मंगलबार रिलिज भएको फिल्म ‘जेरीः अन टप’ को टिजर ‘ट्रेन्डिङमा परेको छ। नेपालसहित थुप्रै देशमा फिल्म ‘मुभिज ट्रेन्डिङ चार्ड’ मा परेको छ। नेपालमा यो फिल्म ‘ट्रेन्डिङ मुभिज ट्रेलर्स’ को सबभन्दा शीर्ष स्थानमा छ। त्यस्तै, अस्ट्रेलिया, हङकङ, जापान, कुवेत, मलेसिया, माल्टा, पोर्चुगल, कतार, रोमानिया लगायतका देशमा समेत फिल्मको टिजर ट्रेन्डिङमा छ। यसको अर्थ विदेशमा रहेका नेपालीमाझ पनि फिल्मको टिजर रूचाइएको छ।
टिजर रूचाइएसँगै अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत दर्शकहरूलाई धन्यवाद दिँदै खुसी समेत साटेका छन्। यसकारण यतिबेला अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘जेरीः अन टप’ को टिजरले राम्रो चर्चा पाइरहेको छ। नेपालसहित थुप्रै देशमा फिल्म ‘मुभिज ट्रेन्डिङ चार्ड’ मा परेको हो ।








१३ भाद्र २०८२, शुक्रबार १८:०९ 








