मिस नेपाल बनिन् लुना लुइँटेल

...

काठमाडौँ ।  यस वर्षको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले जितेकी छिन्। शनिबार ललितपुरमा भएको ग्राण्ड फिनालेमा उनले अन्य प्रतिस्पर्धीलाई पछि पारेकी हुन्। सोनी घले मिस अर्थ र उरुषा भण्डारीले मिस नेपाल इन्टरनेसनको उपाधि जितिन्।यस्तै दिपशिखा नेपाल फस्ट रनरअप बनिन् ।

आयोजक संस्था ‘द हिडन ट्रेजर’ ले आयोजना गरेको प्रतियोगिताको अन्तिम चरणमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै लुइँटेलले प्रतिष्ठित ताज आफ्नो पोल्टामा पारेकी हुन्। यो मिस नेपालको यो ३१औँ संस्करण हो ।

१४ सबटाइटलमा को–को विजेताहरू:

मिस हेल्दी स्किन– आरती थापा
मिस कन्फिडेन्ट– प्रज्ञिका क्षेत्री
मिस ग्रिन भिजिनरी– जगदिश्वरी शाह
मिस प्रिस्टिन– प्रियंका थापा
मिस टाइमलेस इलिजेन्स– उरुषा भण्डारी
मिस फेस अफ द इयर– स्मृति श्रेष्ठ
मिस इम्पावर्ड च्वाइस– दीपशिखा नेपाल
मिस डिलाइटफुल ह्याप्पिनेस इन्टिलिजेन्ट– लुना लुँइटेल
मिस ब्युटिफुल हेयर– सइच्छा थापा
मिस पपुलर च्वाइस– उरुषा भण्डारी
मिस फोटोजेनिक– स्मृति श्रेष्ठ
मिस फेस अफ फार्मेसी– स्मृति श्रेष्ठ
मिस ब्युटी विथ अ पर्पस– श्रृष्टीकुमारी तामाङ
मिस इन्टलेक्चुअल– श्रुति महर्जन
मिस वुमन विथ विंग्स– निलिमा पोखरेल