नेता लोहनीको ‘राष्ट्रवादी चिन्तनका आयामहरू’ सार्वजनिक

फागुन, काठमाडौं । राप्रपा पार्टीका राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनी लिखित ‘राष्ट्रवादी चिन्तनका आयामहरू’ सार्वजनिक गरीएको छ । बिहिबार राजधानीमा आयोजीत पुस्तक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेपाल सरकारका पूर्व मुख्यसचिव विमल कोइराला, पूर्वमन्त्री दीपक ज्ञवाली लगायतका नेताहरुको उपस्थिती थियो ।

कार्यक्रममा बोल्दै लोहनीले केही दलले राष्ट्रवादको दुरुपयोग गरेको बताएका थिए । उनले दलहरुले आफ्नो फाइदाका लागि राष्ट्रवादको तुरुप फ्याक्ने गरेको बताए । ‘राष्ट्रवादले भूगोलभित्र बस्ने जनताको भलाई हेर्दछ, यसको अर्जुन दृष्टि भनेको आफ्नो देशको चिन्तन हो,’ उनले भने, ‘तर, नेपालमा दलीय चिन्तन बढी छ, राष्ट्रको चिन्तन कमी छ । आफ्नो देशको भन्दा पार्टीको फाइदाका लागि राष्ट्रवादको कार्ड फ्याँकिने गरिन्छ, जुन घातक छ ।’

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले लोहनीको राष्ट्रवादी चिन्तन देशको लागि भएको र देशलाई हेर्ने राष्ट्रिय चिन्तन प्रस्तुत गर्ने समय आएको बताए ।

किताबले वास्तवमा राष्ट्रवादी परिभाषा दिएको र धेरैको जिज्ञासाको समाधान गरेको बताए । कोइरालाले राष्ट्रवादी चिन्तनका आयामहरुले देशको राजनीति मात्रै होइन आर्थिक, साँस्कृतिक पुनर्निर्माण जस्ता संवेदनशील पक्षलाई मसिनो गरी केलाएको बताए। अहिले सस्तो लोकप्रियताका लागि राष्ट्रवादको प्रयोग गर्ने गरेको भन्दै कोइरालाले राष्ट्रियता र राष्ट्रवादको विषयमा स्पष्ट दृष्टिकोण आएको बताए।