<p><b>फागुन, काठमाडौं ।</b> नेपाली सेलिब्रेटीहरुले पनि प्रत्येक बर्ष ‘भ्यालेन्टाइन’ वीस गर्दै आएका छन् । यसैबिच यसबर्षको भ्यालेन्टाइनमा अभिनेत्री रेखा थापाले पनि वीस गरेकी छिन् । रेखाले यसबर्ष भने चलचित्रकर्मिहरुसँग नभएर राप्रपा नेताहरुसँग मनाएकी छिन् । केहि समय अघिमात्र राप्रपा नेपालमा प्रवेश गरेकी रेखाले राप्रपाको पहिलो एकताको महाधिवेशन तयारीमा नेताहरुसँगको सहकार्यमा यो दिन बिताएकी हुन् । राप्रपा र राप्रपा नेपाल एकिकरणपछि अहिले पहिलो महाधिवेशन हँुदैछ ।<br></p><p> पार्टी प्रवेश गरे लगतै केन्द्रीय सदस्य पाएकी रेखाले अबको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको पहिलो दल हुने धारणा राखिन् । राप्रपासँग प्रत्येक नेपालीले शिर ठाडो पार्ने एजेन्डा रहेको बताँउदै उनले आफूले पार्टी भित्र रहेर महिलाहरुको मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाउने बताइन् । उत्पीडनमा परेका लाखौ महिलाको हक हित र मुक्तिका लागि आफुले लड्ने बताउदै उनले अबको १० बर्षमा नेपाली महिला आत्मनिर्भर, स्वअस्तित्व र अधिकार प्राप्तिमा सवल हुने बताईन् ।</p><p> मंगलबार राजधानीको बानेस्वरस्थित इन्द्रणी फुडल्याण्डमा आयोजित महाधिवेशनबारे जानकारी दिन राप्रपाले राखेको कार्यक्रममा पनि उनी राप्रपाका नयाँ तथा पुराना नेताहरु माझ देखिएकी थिइन् । </p>