८६ जना कलाकारलाई विशिष्ट चलचित्रकर्मी परिचय पत्र

...

काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा ३ दशकभन्दा धेरै समय योगदान दिने ८६ जना कलाकारलाई  विशिष्ट चलचित्रकर्मीको परिचयपत्र प्रदान गरिएको छ ।विशिष्टको परिचयपत्र प्राप्त गर्ने फिल्मकर्मीलाई डेढ लाख बराबरको स्वास्थ्य बीमा सुविधा समेत बोर्डले उपलब्ध गराएको छ । चलचित्रकर्मी परिचयवाहकलाई भने ७५ हजारको स्वास्थ्य बीमा उपलब्ध गराइने छ ।

परिचयपत्र पाउनेमा विश्व बस्नेत, सुनिल थापा, उपेन्द्र तिमल्सिना, रामकृष्ण बजगाईदेखि लिएर रमेश उप्रेती, दीपकराज गिरी, दीपाश्री निरौला र जितु नेपाल लगायत अन्य छन् ।

आइतबार चलचित्र विकास बोर्डमा आयोजित समारोहमा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले परिचयपत्र प्रदान गरेका हुन् ।