नायिका भावनाकाको अपहरण र यौनशोषणा

फागुन, काठमाडौं । दक्षिण भारतीय नायिका भावनाको अपहरण र त्यसपछि यौनशोषण भएको समाचार सार्बजनिक भएको छ । भारतिय संचार माध्यमले उनको अपरण भएको र त्यसपछि यौनशोषण भएको खुलासा गरेको हो । मलायलम चलचित्रकी चर्चित अभिनेत्री मानिने भावनाको कोचीमा अपहरण भएको हो ।

प्रहरीले यसको आरोपमा एकलाई पक्राउ गरिसकेको छ भने बाँकीको खोजी जारी रहेको भारतिय प्रहरीलाई उद्रित गदै भारतिय संचार माध्ययमले बताएका छन् । भावनाको अपहरण र पछि यौनशोषण भएको मुद्दा प्रहरीले दायर गरेको छ । प्रहरीका अनुसार उनी एक चलचित्रको छांयाकन सकेर घर फर्कदैं गर्दा उक्त घटना भएको हो ।

३ जना मानिसले जबरजस्ती गाडी रोकेर उनको फोटो खिच्न सुरु गरेका थिए । त्यसको केही समयपछि उनलाई अपहरण गरेर गाडीमै घुमाइरहेको बताइएको छ । एक अनलाईनको समाचारलाई आधार मान्नेहो भने राती करिब साढे दश बजे भावनालाई उनको घर नजिकै लगेर उनीहरुले छोडिदिएका थिए । यसैको खोजबिनका लागी भावनाका ड्राइभरलाई पनि प्रहरीले हिरासतमा लिएको छ । अहिलेसम्म भावनालाई के कारणले अपहरण गरियो भन्ने खुल्न नसकेपनि थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

एजेन्सी ।