अमेरिकामा पनि रिलिज हुँदै ‘बलिदान’

...

काठमाडौँ । दसैँको फूलपातीमा रिलिज हुने फिल्म ‘बलिदान’अमेरिकामा पनि रिलिज हुने भएको छ । निर्माता निर्देशक सन्तोष सेनका अनुसार फिल्मको अमेरिकामा एक हजारभन्दा बढी शो हुनेछ। फिल्म अमेरिकाको २०० बढी हलमा रिलिज हुने भएको हो ।

फिल्म सन्तोष सेनले निर्देशन गरेका हुन् । फिल्म अमेरिकाको सिनेमा चेन एएमसीले प्रदर्शन गर्न लागेको हो । फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेन लगायतको अभिनय छ ।