काठमाडौँ। नायिका पूजा शर्मा भन्छिन्, ‘एउटा अन्तर्वार्ताले मेरो इमेज डाउन गराइदियो । अब कदापि पनि त्यहाँ अन्तर्वार्ता दीन जान्न । त्यो दीन मेरो लागी कालो दीन रहेछ । पूजा थप सुनाउँछिन्, कति वटा जिल्ला छ कति वटा अञ्चल छ कसलाई थाह छैन होला र ? मलाई नआएको होइन म आत्तिएर हडबडाए । आउने कुरा पनि बिर्से भएको त्यति हो । तर यही सानो कुरालाई लिएर उहाँ मेरो पछि परेरै खेदो खन्नुभयो ,सक्नेसम्म भन्नुभयो । मेरो बेइज्जत गर्नुभयो । यो घटनापछि म बर्षैसम्म घरबाट बाहिर निस्कन सकिन । उनी भन्छिन्, त्यो अन्तवार्ता अघि मैले कहिले पनि गाली खाएको थीईन । मेरो एक प्रकारको फ्यान फलोअर्स हुनुहुन्थ्यो । त्यसपछी मलाई राम्रो मान्नेहरूले पनि गाली गर्न थाल्नुभयो । अब चाहान्छु उहाँसँग कहिले भेट नहोस् ।’
केही वर्ष अघि रङ्ग पत्रकार प्रकाश सुबेदीको सो मा गएर अन्तर्वार्ता दिने क्रममा पूजाले कति वटा जिल्ला र अञ्चल छन् भन्ने प्रश्नको जवाफ दिँदा अक्मकाएकि थिइन्। यही कार्यक्रमबाट पूजा निकै आलोचित भएकी थिइन्।







१७ भाद्र २०८२, मंगलवार ०९:४७ 








