‘कुटुमा कुटु सुपारी दाना’ गीतले फेरिएको स्वस्तिमाको करियर

...

काठमाडौँ। ‘कुटुमा कुटु सुपारी दाना’  गीतले फेरिएको स्वस्तिमा खड्काको करियर । ‘होस्टेल रिटन्स’ चलचित्रबाट १० वर्ष अघि डेब्यु गरेकी स्वस्तिमा म्युजिक भिडियो हुँदै फिल्ममा आएकी कलकार हुन् । १९ वर्षको उमेरमा नै उनले फिल्ममा काम गरेकी हुन् ।

स्वस्तिमाले कामहरू गरीरहेकी नै थिइन् , व्यस्तता बढ्दो थियो तर जब उनले ‘२ रुपैयाँ’ चलचित्रको ‘कुटुमा कुटु सुपारी दाना’  बोलको गीतमा नृत्य गरिन् यसपश्चात् भने स्वस्तिमा सबैको नजरमा परिन् ।

यो गीत सुपर हिट भयो । यसपछि स्वस्तिमाको चौतर्फी प्रशंसा सुरु भयो र सबै मेकरको नजरमा पर्न थालिन् । अभिनय कस्तो हुन्छ भन्ने थाह नभएकी स्वस्तिमाले काम गर्दै काम सिक्दै गइन् । अहिले उनी सिने क्षेत्रमा लागेको एक दशक भइरहँदा उनको सफलताले पनि नीके फड्को मारेको छ ।