काठमाडौँ। फिल्म ‘कुमारी’ को छायांकन सुरू भएको छ। मंगलबार बिहान शुभ मुहूर्तसँगै छायांकन पनि सुरू गरिएको हो। फिल्मको छायांकन ललितपुरको पाटन क्षेत्रबाट सुरू भएको हो।
अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा रहने फिल्मको सम्पूर्ण छायांकन ३५ दिनमा सक्ने लक्ष्य राखिएको छ। अभिषेक र आकृतिबाहेक फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहार लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।
फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् भने स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्।







१७ भाद्र २०८२, मंगलवार १२:५६ 








