काठमाडौं । चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’को गीत ‘अम्लारी फूल’ युट्युबमा रिलिज भएको छ । यस चलचित्रमा दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको छ। सुशान्त गौतमको संगीत रहेको गीतमा सुष्मा सिग्देलका शब्द, अभिज्ञा घिमिरे र विकास लिम्बुको आवाज रहेको छ।
उपेन्द्र सुब्बा निर्देशित यस चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । ‘जारी २ : सङ अफ च्याब्रुङ’ असोज ३ गतेदेखि प्रदर्शनमा आउने छ।







१९ भाद्र २०८२, बिहीबार १०:०६ 








