कात्तिक ७ गतेबाट ‘मैझारो’

...

काठमाडौँ । आगामी कात्तिक ७ गतेबाट फिल्म ‘मैझारो’ प्रदर्शनमा आउने भएको छ ।बिहीबार निर्माण पक्षले फरक लुक्स भएका दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो। फिल्मको पोस्टरमा धिरज र मिरुनालाई प्रेमिल मुद्रामा देखाइएको छ, जसले त्रिकोणात्मक प्रेम कथाको संकेत गर्छ।

फिल्ममा धिरज, मिरुना र दियासँगै  बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुको अभिनय रहेको छ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भइरहेको फिल्ममा पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र मानव सम्बन्धलाई उजागर गर्ने प्रयास गरिएको छ।