दुर्गेश थापा लन्डनमा

...

काठमाडौँ। चर्चित कलाकार दुर्गेश थापा सांगीतिक भ्रमणका लागि लन्डन पुगेका छन्।उनको यूके टुर सेप्टेम्बर ६ तारिखदेखि विभिन्न शहरहरूमा सुरु हुनेछ। लाइम एण्ड लेमन इन्टरटेनमेन्टको आयोजनामा ‘दुस्मन हेरेको हेर्यै यूके टुर’ शीर्षकको यो साङ्गीतिक भ्रमण कार्यक्रम बेलायतका विभिन्न शहरहरुमा आयोजना हुनेछ।

दुर्गेश थापाको यूके टूरको कार्यक्रम तालिका अनुसार सेप्टेम्बर ६ तारिख प्रेस्टनमा टूरको पहिलो शो हुनेछ भने सेप्टेम्बर ८ तारिख बर्मिङहममा, १२ तारिख स्काला लन्डन किंग्स क्रसमा, १३ तारिख एम्पायर अल्डरसटमा, १५ तारिख स्कटल्यान्डमा र १६ तारिख लेष्टरमा शोहरु हुनेछन् ।