काठमाडौँ। नेपाल आइडल’ सिजन ६ की विजेता गंगा सोनामको आवाजमा ‘गुनासो’ बोलको गीत सार्वजनिक भएको छ। आइडल विजेता बनेपछिको गंगाको पहिलो गीत हो।
गीतको भिडिओ निकेश खड्काको निर्देशनमा बनेको छ। जसमा अभिनेत्री सनिशा भट्टराई र अभिनेता राज कटुवालले अभिनय गरेका छन्। माया गर्ने व्यक्तिलाई गरिएको गुनासोको कुरा गीतमा छ।
गीतमा प्रदीप चापागाईंँको शब्द, लेखु सहयात्रीको कम्पोज रहेको गीत विशम आचार्यले एरेन्ज तथा मिक्सिङ गरेका हुन्।







२० भाद्र २०८२, शुक्रबार १३:२१ 








