काठमाडौँ । आज शुक्रबारबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘चिठ्ठी’ले अन्तिम समयमा आफ्नो प्रदर्शन स्थगित गरेको छ। ‘चिठ्ठी’ले हलले शोमा पक्षपात गर्दै कम दिएको भन्दै निर्माण संस्था एरा प्रोडक्सनको प्रालीले बिहीबार एक विज्ञप्ति मार्फत प्रदर्शन स्थगित गरेको हो ।
माधव खरेलले निर्देशित ‘चिठ्ठी’ एरा प्रोडक्सनको प्रा.लिको ब्यानरमा निर्माण भएको हो । कमेडी, सस्पेन्स र थ्रिलर जनरामा निर्माण भएको फिल्म सञ्चारकर्मी कमला जोशीले निर्माण गरेकी हुन् । खरेललकै लेखन रहेको फिल्ममा सन्जित भण्डारी, खड्ग बहादुर पुनमगर (खवपु), गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, मुस्कान लामा, प्रवण भुसाल, कञ्चन चालिसे, नम्रता खरेल पौडेललगायतको मुख्य अभिनय रहेको छ । मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
चलचित्र ‘चिठ्ठी’अब कहिले प्रदर्शनमा आउछ त्यो भने खुलाईएको छैन।







२० भाद्र २०८२, शुक्रबार १३:३० 








