काठमाडौँ। लोकप्रिय गायक यश कुमारले पनि अब फिल्ममा फड्को मार्ने भएका छन्। यश कुमार भन्छन्, ‘यही महिनाभित्र फिल्म घोषणा गर्ने तयारी गरिरहेको छु ।’ ‘मैले छोएको पानी चल्दैन’ बोलको गीतबाट सर्वाधिक चर्चामा आएका यस कुमार निकै लोकप्रिय गायक हुन् । साथै यश कुमारले अर्को नयाँ कुरा पनि खुलासा गरेका छन् । उनी भन्छन्, ‘अब मैले छोएको पानी चल्दैन’ गीतको पार्ट २ पनि छिट्टै नै बनाउने तयारी गरिरहेको छु ।
यश कुमार नेपाली गायक ,संगीतकार तथा अभिनेता हुन्। यश कुमारको जन्म सर्लाही जिल्लामा भएको थियो । उनले थुप्रै नेपाली चलचित्रहरूमा पनि आफ्नो स्वर दिइसकेका छन। यश कुमार बहुआयामिक, बहुप्रतिभाशाली ब्यक्ती जसको शब्द, संगीत र स्वरले जातित्व छुवाछुत गर्नेहरूमा सकारात्मक शन्देश प्रवाह गर्छ र उनले गाएका गीतहरू मध्ये ‘मैले छोएको पानी चल्दैन’ र ‘म आफ्नो शहरमा ईनार बनाउछु’ सबैभन्दा चर्चित गीतहरू हुन् ।
विशेषतः यशका सिर्जना जातीय छुवाछुतविरुद्धका हुन्छन् । तिनै सिर्जनाले आज सुरेशकुमार परियार नेपाललाई कलाकार यश कुमार बनाएको छ ।







२० भाद्र २०८२, शुक्रबार १४:२० 








