काठमाडौँ। एक समय लोकदोहोरी गीतमा एक क्षत्र राज गरेकी मोडल पार्वती राई अहिले सुनसान छिन्। विगत केही वर्षयता उनका म्युजिक भिडियोहरू आएका छैनन्। करिब १५ बर्सअघि (हेर्छु ओठ टोकी) बोलको म्युजिक भिडियोबाट लोकदोहोरी गीतमा डेब्यु गरेकी पार्वतीलाई त्यसपछि कुनै पनि दिन फुर्सद भएन ।
उनले ५०० भन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छन् । साथै पार्वतीले फिल्ममा पनि अभिनय गरेकी थिइन् यद्यपि उनी अभिनयमा भन्दा नृत्यमै जमेकी छिन् । शङ्कर बिसी र उनको जोडी निकै रुचाइन्थ्यो । हरेक लोकदोहोरीमा कम्मर मर्काएर नाच्ने पार्वतीलाई धेरैले लोकदोहोरी क्विन मान्थे । उनी नाच्नकै लागि अमेरिका, अस्ट्रेलिया, कतार, कोरिया, मलेसिया, दुबई लगायत थुप्रै देश पुगिन् । पार्वती वर्षभरि नै म्युजिक भिडियो, महोत्सव तथा विदेशका कार्यक्रमहरूमा व्यस्त भइरहन्थिन् ।
पार्वती राम्रो दाम र नाम कमाएकी कलकार थिइन् तर आजभोलि उनी कता छिन् ?,के गदैछीन् ? कसैलाई थाह छैन । केही वर्षयता पार्वती नेपाल छाडेर अमेरिकामा बस्दै आएकी छिन् । नेपाल छाडे पनि उनी अमेरिकामा हुने साङ्गीतिक कार्यक्रमहरूमा भने सहभागी भइरहेकी हुन्छिन् ।







२० भाद्र २०८२, शुक्रबार १७:३८ 








