काठमाडौँ। यतिबेला गायिका एलीना चौहान र प्रताप दास बिच प्रेम चर्चा चुलिदो अवस्थामा छ। अहिले एलीना चौहान साङ्गीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा छिन्। उनीसँगै अन्य कलकार प्रताप दास, कला लम्साल,बद्री पङ्गेनी पनि उक्त कार्यक्रमका लागी एकसाथ अमेरिकामा छन्। एउटै कार्यक्रमका लागी एकै स्थानमा पुगेका प्रताप र एलीनाले केही समय देखी दीनहु टिकटक बनाएर पोस्ट गरी रहेका छन् । र यही टिकटक बनाएकै आधारमा समाजीक सञ्जाल प्रयोगकर्ताले एलीना र प्रतापलाई जोडी बनाइदिएका छन् ।
उनीहरू प्रेमसम्बन्धमा रहेको चर्चा समेत चलीरहेको छ। यस्तै कमेन्टहरू आइरहँदा एलीनाले आफुले प्रताप दासलाई दाइ मानेको र यस्तो गलत कुरा गरिँदिन भन्दै स्पष्टीकरण समेत दिइन् तर अझैपनी उनीहरूको भिडियोमा यस्ता कमेन्ट आउन छाडेको छैन ।
यतीसम्म की एलिनाले भिडियोमै दाजु -बहिनी लेखेर पोस्ट गरीरहेकी छन्। तर पनि कमेन्ट रोकिने वालामा छैन । कतिले त भाइटिकामा टीका लगाएपछि मात्रै दाजु बहिनी भनेर विश्वास गर्ने भन्दै हास्यास्पद कमेन्ट गरीरहेका छन् ।







२२ भाद्र २०८२, आईतवार १५:३३ 








