‘इन्डलेस लभ’मा आर्यन पनि हुने पक्का

...

<p>फागनु, काठमाडौं । चलचित्र ‘इन्डलेस लभ’को छायांकन शुरु नहुँदै सार्वजनिक गरीएको एक अडियो गीत यतिखेर चर्चामा छ । ‘आई एम इन लभ’ बोलको उक्त गीतलाई युट्युवमा धेरै &nbsp;रुचाइएको पनि छ । चलचित्रको छायांकन अगावै गीत सार्वजनिक भएता पनि चलचित्रमा कुन–कुन कलाकारहरु छन् भने भन्ने बारे भने खुलाइएको थिएन । &nbsp;</p><p>चलचित्रमा नायक आर्यन सिग्देलले अभिनय गर्ने पक्का भएको छ । चलचित्रका निर्देशक साजन श्रेष्ठले आर्यनसँगको एक तस्बिर फेसबुकमा शेयर गरेका छन् । तर, उनले आर्यन सिग्देल पक्का &nbsp;भएको भन्ने बारे भने खुलाउन चाहेनन् । उनले आर्यनसँग कुरा भएको भने खुलाए । आर्यनले साजनको डेब्यू चलचित्र ‘पूर्नजन्म’मा पनि काम गरेका थिए । </p><p>चलचित्र ‘क्लासिक’मा काम गरेपछि आर्यनले कुनै पनि चलचित्र खेलेका छैनन् । शिवराज ढकालले यो चलचित्रको निर्माण गर्न लागेका हुन् । अब भने केहि समयमै छायांकनमा जान लागेको &nbsp;यो चलचित्रमा आर्यनले अभिनय गर्ने भएका छन् । चलचित्रका अन्य कलाकारको बिषयमा केहि पनि खुलाइएको छैन ।</p>