काठमाडौँ । भोलि जेनजी पुस्ताले गर्न लागेको भ्रष्टाचार विरोधी प्रदर्शनलाई अभिनेता अनमोल केसीले समर्थन जनाएका छन्। उनले आफ्नो फेसबुक पोस्टमार्फत समर्थन जनाएका हुन्।
केसीले नेपाली नागरिकहरू चुप लागेर नबस्ने भन्दै सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता र आवाजलाई दबाउन खोजिए अझ ठूलो स्वरमा उठ्ने बताएका छन्। ‘हाम्रो अधिकार कसैले रोक्न सक्दैन। हाम्रो आवाज दबिँदैन,’ उनले लेखेका छन्।
उनले आफ्नो पोस्टमा #आवाज उठाउने पुस्ता, #जेनजेडको सङ्घर्ष र #भोलिको भेला_हाम्रो भविष्य जस्ता ह्यासट्यागहरू पनि प्रयोग गरेका छन्।







२२ भाद्र २०८२, आईतवार १८:१८ 








