‘बिगुल’ को इण्डक्लाप

...

काठमाडौँ। फिल्म ‘बिगुल’ को छायांकन सकिएको छ। ‘बिगुल’ को छायांकन ३४ दिनमा सकिएको हो । रमेश कोइरालाको निर्देशनमा बनेको फिल्म  सामाजिक जागरण, राजनीति र नागरिक कर्तव्यमा आधारित छ, जसमा बेनिशा हमाल,नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, गीता अधिकारी लगायतका कलाकार छन्।

दिनेश कोइरालाको कथा, मौनता श्रेष्ठको पटकथा र संवाद रहेको यस फिल्मका छायांकार शिव ढकाल हुन्। कल्पना पौडेलले प्रस्तुत गरेको यस फिल्मका निर्माता महेश कोइराला र सूर्यकान्त कोइराला हुन्।

३४ दिनको नियमित छायांकनपछि शनिबार फिल्मको काम सम्पन्न भएको हो।