‘लुट–२’ को बुकिङ सुरु, बुकगर्नेहरुको संख्या आक्रामक

फागुन, काठमाडौं । बहुप्रतिक्षित चलचित्र ‘लुट–२’ को बुकिङ सुरु भएको छ । टिक बुकिङ शुरु गरीएको छोटो समयमै टिकट बुकिङ गर्नेको संख्या आक्रामक देखिएको चलचित्र युनिटले  बताएको छ । सिभिल मल र लाविम मलको अधिकांश सो को टिकट बिक्री भइसकेको छ । क्यूएफएक्सले २२ सो दिएको छ । यही १३ गतेबाट प्रदशर्नमा आउन लागेको चलचित्रमा दर्शकले  अत्याधिक चासो देखाएपछि ३ दिन अगाडि नै बुकिङ खोलिएको हो ।

चलचित्रका निर्माता माधव वाग्लेले केहि दिनअघि मात्रै एक कार्यक्रममा बोल्दै ‘लुट–२’ १७ करोड भन्दा माथि ग्रस कलेक्सन गर्ने दाबी गरेका थिए । चलचित्र छक्का पञ्जाको रेकर्ड समेत  गोड्नेमा वाग्ने आँफु ढुक्क रहेको बताएका छन् ।

‘लुट–२’ ब्लकबस्टर चलचित्र ‘लुट’ को सिक्वेल हो । ‘लुट–२’ मा सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, विपिन कार्की, ऋचा शर्मा, सिर्जना सुब्बा लगायतका कलाकारले अभिनय  गरेका छन् । माधव वाग्ले र नरेन्द्र महर्जनको निर्माण ‘लुट–२’ लाई निश्चिल बस्नेतले निर्देशन गरेका हुन् ।