सामाजिक सञ्जाल आउनुभन्दा अघि कालाकार थिएनन् र ?- ‘दाह्री बा’

...

काठमाडौँ। सामाजिक सञ्जाल बन्द भएपछि कालाकार सुरवीर पण्डित ‘दाह्री बा’ भन्छन्, ‘सामाजिक सञ्जाल आउनुभन्दा अघि कलकार थिएनन् र ? एउटा न एउटा बाटो विकल्प त निस्किहाल्छ । सामाजिक सञ्जाल बन्द भयो भनेर हतोत्साहित हुनुपर्ने कुरा छैन । यो पनि जीवनको एउटा पाटो नै हो । भोलीका दीनमा खुलिहाल्छ । अहिले पनि पुरै बन्द भएको छैन । उनी थप प्रस्ट्याउँछन्, ‘यसरी भईरहेका माध्यमहरू बन्द हुँदा केही न केही असर त परी हाल्छ । तर जे हुन्छ राम्रो हुनकै लागी हुन्छ यस कारण मैले त सकारात्मक रूपमा नै हेरेको छु ।’

नेपाली मनोरञ्जन क्षेत्रमा हास्य कलाकार सुरविर पण्डित ‘दाह्री बा’ ले आफ्नो बेग्लै पहिचान बनाएका छन् । कुनै बेला नेपाली फिल्महरुका खम्बाको रुपमा चिनिने उनले सयौँ फिल्ममा अभिनयमात्र गरेका छैनन्, कतिपय फिल्ममा प्रोडक्सन म्यानेजर भएरसमेत काम गरेका छन् । यद्यपि, सीताराम कट्टेल ‘धुर्मुश’ को लोकप्रिय हास्य श्रृंखला ‘मेरी बास्सै’ मा दाह्री बाको रुपमा प्रस्तुत भएपछि दर्शकमाझ उनको लोकप्रियता ह्वात्तै बढ्यो । अहिले पनि उनी टेलिश्रृंखलादेखि फिल्मसम्म नै अभिनयमा उत्तिकै व्यस्त छन् ।