क्लाइमेक्स छायांकनका लागी प्रेमगीत २’ को व्यायाम कार्यशाला शुरु

फागुन, काठमाण्डौं । चलचित्र ‘प्रेमगीत २’ को क्लाइमेक्स छायांकनलाई व्यायाम कार्यशाला शुरु भएको छ । बुधबार देखी दशरथ रंगशालाको कभर्ड हलमासुरु भएको ब्यायाम कार्यशाला दुई महिनासम्म चल्ने बताइएको छ । कार्यशालामा मुख्य कलाकारले मुयाथाई भनिने थाइल्यान्डको किक बक्सिङ कला सिक्नेछन् ।

द्धन्द्ध निर्देशक अष्ट महर्जनले प्रशिक्षण दिइरहेको कार्यशालामा  अभिनेता प्रदीप खड्का र सन्तोष सेन सहभागि छन् । झन्डै महिना लामो थाइल्यान्ड र म्यानमार छायांकनपछि ‘प्रेमगीत २’ यतिबेला उत्कर्ष दृश्य छायांकनलाई स्वदेश फिरेको छ ।

‘केही साता आधारभूत कला सिकाउनुपर्ने भएकाले कार्यशाला लम्बिएको हो’ द्धन्द्ध निर्देशक महर्जनले भने, ‘नेपाली फिल्ममा नयाँ टाइपको मार्सल आर्ट्स समावेश गर्न मुयाथाई रोजेका हौं ।’ थाइल्यान्डको मार्सल आर्ट्स मुयाथाईमा कुहिनो र घुँडाको प्रयोग बढी हुन्छ ।दुई महिना सुटिङ पोस्टपोन्ड भएपनि बाँकी खिच्नुपर्ने अवधि भने एकसाता मात्र छ । नेपाल, म्यानमार र म्यानमारको अन्तरदेशिय प्रेमकथा समावेश गरिएको सिनेमालाई रामशरण पाठकले निर्देशन गरेका हुन् । ‘बजेट बढेपनि गुणस्तरमा सम्झौता गरेका छैनौं’ निर्माता सन्तोष सेनले भने ।

प्रदीपसँग अश्लेषा ठकुरीले अनस्क्रिन रोमान्स गर्दै्छिन् । रोमान्टिक र म्युजिकल ड्रामासँगै सिनेमाभित्र स्पोर्ट्स तत्व समेत समावेश हुने देखिएको छ । रिलिज लक्ष्य आगामी साउन राखिएको छ ।