दयाहाङ र मिरुनाको हिट जोडी

...

काठमाडौँ। दयाहाङ राई र मिरुना मगरको जोडी सर्वाधिक रुचाइएको जोडी हो। ‘कबड्डी’ चलचित्र बाट सहकार्य सुरु गरेका यी दुईको जोडी आजसम्म पनि उस्तै लोकप्रिय छ।  साथै दयाहाङ र मिरुनाले हिट जोडीको ट्याग पाएका छन्।दयाहाङ भन्छन्, ‘हाम्रो सोच मिल्यो , काम गर्ने शैली मिल्यो यसकारण आजसम्म निरन्तर सहकार्य गरी रहेका छौ । जसकारण दर्शकश्रोताले पनि निकै रुचाई रहनुभएको छ । हामी हाम्रो पात्रमा निकै मेहनत गर्छौ । लगाव लगाएर काम गर्छौ ।’

हिट जोडीको  कुरामा मिरुना थप्छिन्, ‘हामीले सहकार्य गर्दा राम्रो कथाहरू पनि पायौ । अझ भन्नुपर्दा हामीलाई सुहाउने कथा भेट्यौ । यसकारण हाम्रो जोडी रुचाइयो ।’ ‘कबड्डी’  चलचित्र देखी आज ‘जारी २’ बन्दासम्मको अवधिसम्म आइपुग्दा यो जोडीले थुप्रै चलचित्रमा काम गरे  र यो जोडीले काम गरेका सबै फिल्म हिट पनि भए । मिरुना दयाहाङलाई गुरु मान्छिन्  र दयाहाङको साथ र उनीसँगको सहकार्यले नै आफ्नो प्रगति भएको मिरुना बताउँछिन्। ।