काठमाडौं । भोलि सार्वजनिक हुने भनिएको ‘जारी २’को ट्रेलर सार्वजनिक नहुने भएको छ ।आज भएको जेन जीको आन्दोलनका कारण केही ठाउँहरूमा सरकारले कर्फ्यु जारी गरेका कारण ट्रेलर सार्वजनिक नहुने स्रोतले बताएको छ।
उपेन्द्र सुब्बा निर्देशित यो चलचित्र दुई वर्षअघिको सुपरहिट चलचित्र ‘जारी’को सिक्वेल हो । चलचित्र आउँदो असोज ३ गते प्रदर्शन हुँदैछ ।
चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् ।







२३ भाद्र २०८२, सोमबार १८:१० 








