काठमाडौँ। विगत केही दिनदेखि चलिरहेको जेनजी समूहको आन्दोलनमा कोमल ओलीको होटेल पनि जलाइएको छ। आफ्नो व्यवसाय खरानी बनाइदिएपछि उनले सामाजिक सञ्जालमा गुनासो पोखेकी छन्। कोमल वलीले आफ्नो होटल खरानी बनाइएकोमा दुःख व्यक्त गर्दै आफूले अहिलेसम्म इमान्दार जीवन बिताएको बताइन्।