देशले पहीलो महीला प्रधानमन्त्री पाएपछी कलाकारहरूले के लेखे ?

...

काठमाडौँ। देशले पहीलो महीला प्रधानमन्त्री पाएपछी अभीनेत्री केकी अधीकारी भन्छीन्, ‘सतीले सरापेको देश होईन देबीले अंगालेको देश शो हाम्रो ।’ गत सोमबार र मंगलबार भएको जेनजी पुस्ताको आन्दोलनले केपी शर्मा ओली नेतृत्वको शक्तिशाली गठबन्धन सरकार ढलाएपछि शुक्रबार नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई यतिबेला सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ । धेरै कलाकारहरूले उनी प्रधानमन्त्री बनेकोमा खुसी व्यक्त गर्दै देश नयाँ युगमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् ।

keki adhikari कलाकार हरिवंश आचार्यले फेसबुकमा एक पोस्ट लेख्दै सुशीला कार्कीको नेतृत्वले भ्रष्टाचार र देशको बेथितिविरुद्ध उभिएका युवाहरूको सपना पूरा गर्ने प्रणालीको विकास गर्न सबैले साथ दिनुपर्ने बताएका छन् । अभिनेता अनमोल केसीले प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले शपथ लिनसाथ ‘इतिहास रचियो’ भन्दै खुसी व्यक्त गरेका थिए । यसैगरी अभिनेता तथा निर्माता दीपकराज गिरीले ‘आमा भएर बोकी हेर सन्तानका पिरहरू’ भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई जिम्मेवारी बोध गराएका छन् ।

dipak

अर्का अभिनेता पल शाहले आमाको ममतामयी स्पर्शले मुलुकले नेतृत्व पाएकोमा खुसी व्यक्त गर्दै नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिएका छन् । त्यस्त अर्की अभिनेत्री स्वस्तिमा खड्काले ‘एक जुगमा एक दिन एक चोटि आउँछ’ भन्ने गीतको हरफ लेख्दै प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीलाई पाएकोमा गौरव महसुस भएको बताएकी छन् ।

swastima