मुना थापाको एकाबिहानै यस्तो म्यासेज- ‘कता हुनुहुन्छ ? भृकुटीमण्डपमा भेटौ है आज’

...

<p><b>फागुन, काठमाडौं ।</b> गायिका मुना थापाले कता हुनुहुन्छ ? भृकुटीमण्डपमा भेटौ है आज भनिरहँदा लाग्न सक्छ, आखिर किन बोलाइन् त मुनाले ? गायिका मुनाले कुनै अन्यकामका लागी नभएर राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गर्न लागेको &nbsp;तेस्रो अन्तर दोहोरी साँझ स्तरीय रनिङ्ग शिल्ड राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा सबैलाई भेट्नका लागी आग्रह गर्दै सबैमाझ सामाजिक सञ्जालबाट म्यासेज गरेकी हुन् ।</p><p>आजको कार्यक्रम पुर्ननिर्माण प्राधिकरणका सिइओ गोबिन्द पोख्रेल द्धारा उद्घाटन हुने लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले आर्टिस्ट खबरलाई जानकारी दिए । उद्घाटन दिउँसो १ बजे &nbsp;हुने बताइएको छ । &nbsp;आज फागुन १२ गतेबाट शुरु भएर १६ गतेसम्म चल्ने यस प्रतियोगीता प्रत्येक दिन बिहान १० देखी बेलुका ५ बजेसम्म चल्ने छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख ५ हजार पुस्कार प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ७५ हजार तथा तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् । यस्तै सान्तवना पुरस्कार २५ हजार प्रदान गरिनेछ भने उत्कृष्ठ गायक र गायिकाले १५,१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।</p>