मुसहर बस्ती निर्माणका लागी अदालतका कर्मचारीको ७० हजार सहयोग

...

<p><b>फागुन, काठमाडौं ।</b> धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी सर्वोच्च अदालत काठमान्डौका कर्मचारीहरुले ७० हजार ३ सय ९० रुपैया नगद सहयोग गरेका छन् ।&nbsp;</p><p>फाउण्डेशनको दुरदर्शिता काम प्रति आकर्षित भएको भन्दै अदालतका कर्मचारीहरुले उक्त सहयोग गरेका हुन् । धुर्मुस सुन्तली फाउण्डेसनले समाजसेवा प्रति गरेको काम अनुपम, उदारणीय, सह्रानीय र अनुकरणीय रहेको भन्दै उनिहरुले यस्ता कामहरुबाट सबै नेपालीले पाठ सिक्नु पर्ने बताएका छन् ।&nbsp;</p><p>सहयोग रकम हस्तान्तरण गर्न धुर्मुस सुन्तली फाउण्डेशन पुग्नुभएका सर्वोच्च अदालका उप सचिव कपिलमणी गौतम र नगेन्द्र कुमार कालाखेतीले देशलाई नै चुनौति दिने काम गरेको भन्दै बधाई तथा शुभकामना दिएका थिए । केही समय अघि &nbsp;सार्बजनिक भएका आर्थिक संकटका समाचार पढेपछि धुर्मुस सुन्तली फाउण्डेसनले गरिरहेको यस्तो पुनित कार्यमा अवरोध पुग्ने हो कि भन्ने चिन्ताले आफुहरु सहयोग गरेको सवोच्च अदालतका उप सचिव कपिलमणी गौतमले बताए ।&nbsp;</p><p>सहयोग हस्तान्तरण गदै उनले पहिले हामी देशका नागरीक भएको र त्यसपछि मात्र कर्मचारी भएको भावनालाई आत्मसाथ गदै धुर्मुस सुन्तलीको महान काममा सहयोग गरेको उनले बताए । धुर्मुस सुन्तलीलाई आफुहरुले सानो सहयोग गर्न पाउदा खुसी लागेको बताउदै उनले समाज सेवामा लगातार क्रियाशिल भईरहेका धुर्मुस सुन्तलीलाई मुसहर बस्ती निर्माणमा सहयोग गर्न पनि सबैलाई आग्रह गरेका छन् ।&nbsp;</p>