युवाहरुले फेरिदिए प्रहरी चौकीको मुहार

...

काठमाडौँ। युवाहरुले प्रहरी चौकीको मुहार फेरिदिएका छन्। जेनजी आन्दोलनको क्रममा ढल्कुमा रहेको प्रहरी चौकीमा तोडफोड र आगजनी गरिएको थियो । देशलाई  सुरक्षा दीने प्रहरी चौकी कुरुप बनाइएको थियो । प्रहरी चौकीमै आगो लगाइदिएपछि स्थानीयहरू त्रसित  बनी रहेका थिए । तर  भनिन्छ नि   म नदेखी गरियो भने असम्भव केही पनि छैन ।

कमेडीयन सजन श्रेष्ठ,सुमन कार्की,प्रभात लामा  लगायत अन्य कमेडीयनहरुको टिम मिलेर उक्त प्रहरी चौकीलाई पहिला सरह ब्युँताएका छन् । आगोले कालै भएको प्रहरी चौकीमा रंगरोहन गरेर पहीलासरह उज्यालो बनाइदिएका छन् । तोडफोड गरेका संरचनाहरू जुटाउदै छन् ।

देश सङ्कटको घडीमा उभीरहदा यो उदाहरणीय कार्यको  रास्वपा सांसद डा. तोसिमा कार्कीले पनि  प्रशंसा गरेकी छन् ।

Sajan shrestha