काठमाडौं । गएको माघ ९ गते एक भब्य कार्यक्रमका बिच देशकै प्रतिष्ठित व्यवसायीक घराना गोल्छा समूहका शेखर गोल्छाले फिल्म निर्माण गर्ने घोषणा गरे । नेपाली औद्योगिक धरानाहरुमा बलियो मानिने गोल्छा समूहले प्रिज्मा समूहसँग मिलेर बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा ‘परान‘ नामकनयाँफिल्मबनाउनेघोषणागर्यो।
नेपाली फिल्म क्षेत्रमा गोल्छाको प्रवेशसँगै खुसीयाली छायो । केहिसमय पछि ‘परान‘ टिम सुटिङमा निस्कियो । उक्त टिमले निर्माण घोषणाको समयमा जानकारी दियो तर पछि सुटिङमा गएको, सुटिङ सकिएको र सुटिङ भएपछि केके भइरहेको छ भन्नेबारे कुनै जानकारी दिएन । आखिर परान टिमले किन गुपचुप काम गरिरहेको छ ? प्राय फिल्म बनाउनेहरु निकै हल्ला गर्न चाहन्छन् तर यो टिम किन भित्रभित्रै काम गरिरहेको छ । आखिर भित्रभित्र के पाक्दैछ ? बुझिएअनुसार फिल्मको अहिले पोस्ट–प्रोडक्सनको काम भइरहेको छ।अर्थात सुटिङपछि हुने कामहरु अहिले भइरहेका छन्।
परानका निर्देशक दिपक प्रसाद आचार्यका अनुसार फिल्मको काम धमाधम भइरहेको छ । ‘पोस्ट–प्रोडक्सनको काम गरिरहेका छौं । अब दर्शकमाझ प्रमोशनका लागी समय आउँदैछ । सुरुमा फिल्मलाई कसरी हुन्छ राम्रो बनाउन मै ध्यान दिइएकाले मिडियामा त्यति हल्ला नगरेका हौं, अब फिल्डमा उत्रिन्छौं ।‘ निर्देशक आर्चायले भने । ‘केहिदिनमा पोस्टर पनि सार्वजनिक गर्ने तयारी गर्दैछौं ।‘

Photo of Announcement Ceremony
गोल्छा समूहका प्रमुख तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छाले फिल्म घोषणाको समयमा फिल्म निर्माणको मुख्य उद्देश्य नेपाली मौलिकता र संस्कृतिलाई संरक्षण गर्नु रहेको बताएका थिए बाइस्कोप सिनेमाका रञ्जित आचार्यले सन् २०१७ देखि यो परियोजनामा काम गर्दै आएको र नेपालीपन बोकेको फिल्म बनाउने योजना रहेको जानकारी दिएका थिए। बुझिए अनुसार यो टिमले फिल्मलाई राम्रो बनाउन कुनै कसुर बाँकी राखेको छैन ।
फिल्ममा वरिष्ट अभिनेता नीर शाह प्रमुख भूमिकामा छन् । साथै मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, अन्जना बराइली, महेश त्रिपाठी लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
‘परान’ दशैं र तिहार पछि आउँदो कात्र्तिक १४ गते प्रदर्शन हुने भनिएको छ ।







३१ भाद्र २०८२, मंगलवार १६:१७ 








