शुरु भयो दोहोरी साँझ रनिङ शिल्ड प्रतियोगीता, ५ दिनसम्म चल्ने

फागुन, काठमाण्डौं । राजधानीको भृकुटिमण्डपमा पाँच दिने दोहोरी गीत रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । ‘बलियो लोकसंस्कृति दरिलो घर, हामी सबै होऔं  आत्मनिर्भर’ भन्ने मुल नाराका साथ तेस्रो अन्तर दोहोरी साँझ स्तरीय राष्ट्रिय दोहोरी गीत (रनिङ शिल्ड) प्रतियोगीता २०७३ बिहिबारबाट शुरु गरीएको हो ।

यहि फागुन १६ गतेसम्म चल्ने यस दोहोरी प्रतियोगीतामा नेपालभरीका दोहोरी साँझमा काम गर्ने कलाकारहरुले भाग लिन पाउने आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले जनाएको छ । प्रतियोगीताको उद्घाटन समारोहसम्म आइपुग्दा अहिलेसम्म जम्मा २८ टिमले नामदर्ता गराइसकेको र अन्य इच्छुक टिमले शुक्रबार बिहान १० बजेसम्म दर्ता गराउन पाउने प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले जानकारी दिए ।

दिउँसो १२ बजेबाट शुरु हुने भनिएको उद्घाटन समारोह शुरु हुँदा २ बजेर २० मिनेट गइसकेको थियो । प्रमुख अतिथि पुर्ननिर्माण प्राधिकरणका सिइओ गोबिन्द राज पोख्रेलले कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथिको आगमनमा ढिलाई भएकै कारण ढिलो सञ्चालन गरीएको कार्यक्रम अबेरसम्म चलेको थियो । कार्यक्रममा बिभिन्न सांस्कृतकि प्रस्तुतीहरु पनि रहेका थिए । प्रतियोगीता भने शुक्रबारबाट शुरु हुने आयोजकले बताएको छ ।

कार्यक्रममा शुभकामना मन्तब्य दिँदै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वयन समितिका अध्यक्ष पि.एन. सापकोटाले कार्यक्रमलाई भब्य र सब्य तरिकाले सफल बनाउने बताएका थिए । साथै उनले पछिल्लो समय लोक तथा दोहोरी गीतहरु युट्युव केन्द्रित भएकाले पनि यसलाई सुधार्न र गीतमा गुणस्तर बढाउन सबै सर्गकहरुमा आग्रह गरेका थिए । त्यस्तै मन्तब्यकै क्रममा संगीत रोयल्टी संघका अध्यक्ष संगीतकार सुरेश अधिकारीले पनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ठुलो संस्था भएको र यस संस्थाले चायो भने नेपालका लागी धेरै ठुलाकाम गर्न सक्ने भन्दै आगामि दिनमा योजनाहरु अघि बढाउन प्रतिष्ठानलाई आग्रह गरेका थिए । साथै अधिकारीले लोकगीतको क्षेत्रमै काम गर्ने कलाकार कलाकारहरु फुटेर अन्य संस्था खोल्नुभन्दा मिलेर अघि बढ्न आग्रह गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पुर्ननिर्माण प्राधिकरणका सिइओ गोबिन्द राज पोख्रेलले पछिल्लो समय नेपालमा लोक तथा दोहोरी गीतले राम्रो बजार बनाउँदै गएको र भोलीका दिनमा यसरी नै अघिबढ्न सबै सर्जकहरुमा आग्रह गरेका थिए । साथै कार्यक्रममा इमेज टेलिभिजनका प्रमुख आर.के मानन्धरलाई ब्यक्तित्व सम्मान गरीएको थियो ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख ५ हजार पुस्कार प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ७५ हजार तथा तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् । यस्तै सान्तवना पुरस्कार २५ हजार प्रदान गरिनेछ भने उत्कृष्ठ गायक र गायिकाले १५÷१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बि.सं. २०५७ सालबाट लोकगीतको क्षेत्रको हितका लागी सञ्चालीत संस्था हो । संस्थापक अध्यक्ष गायक अमर बिरही गुरुङको टिमबाट शुरु भएको १६ बर्षसम्म आईपुग्दा वर्तमान अध्यक्षमा गायक बद् पंगेनीले आफ्नो पदभार सम्हालिरहेका थिए । प्रतिष्ठानमा नेपालभरीमा रहेका जम्मा ५२ वटा जिल्ला शाखाबाट ३० हजार सदस्य र ४ हजार अजिवन सदस्य रहेका छन् ।