जोकर २ को जिरो फिगर पछि गायक ध्रुबको ब्यस्तता बढ्दै

फागुन, काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रमा समावेश हुने गीतसंगीतहरुले नेपाली बजारमा राम्रो चर्चा पाउन थालेका छन् । त्यसोत राम्रा गीत बन्न थालेपछि दर्शक स्रोता माझ ति गीतसंगीतले राम्रै चर्चा कमाउन थालेका हुन् ।

यस्तै आउँदो चैत ४ गतेबाट देशभर एकैसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्र जोकर २ को जिरो फिगर  बोलको गीतले पनि चर्चा बटुल्न थालेको छ । गायक ध्रुब बिस्कोको स्वरमा रहेको यस गीतको चर्चा चुलिदै गएको छ । गीतले चर्चा पाएसँगै गीतमा स्वर दिने गायको पनि चर्चा चुलिने गरेको पाइन्छ । यस्तै यसैगीतका गायक ध्रुब बिस्को पनि जिरो फिगरको गित सार्वजनिक भएसँगै  चलचित्र पार्श्व गायनमा व्यस्तता बढ्दै गएको छ । यस गीतमा गायक ध्रुबको साथमा सुमन गुरुङले आफ्नो आवाज भरेकी छिन ।

याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा आउने यस चलचित्रलाई कलाकार तथा निर्देशक महादेव त्रिपाठीले निर्देशन गरेका हुन् । काठमाडौँमा केहि दिनअघि एक पत्रकार सम्मेलन गरि गीत सार्वजनिक गरीएको हो । जादुगर २ जोकर चलचित्रको चार वटा गित समेत सार्बजनिक गरिएको थियो । नेपाली जनताहरु को भावना अनुरुप नेपालीहरुको नै जीवन चक्रमा आधारित हास्यप्रधान नेपाली कथानक चलचित्र जोकर एकदमै राम्रो बनेको र नेपाली दर्शकहरुको चाहना अनुरुप बनेको निर्माण पक्षले जानकारी दिएका थिए ।

जोकर फिल्मको निर्देशन महादेव त्रिपाठी आफैले गरेका हुन् भने यस चलचित्रमा चर्चित जादुगर, हास्यकलाकार तथा कुशल अभिनेता महादेव त्रिपाठी,नव नायिका सिम्पल खरेल, विश्वका होचो कलाकार दिपेन शाह, सुरेन्द्र केसी (मुलको साग), संगीता लामा, राजिब धमला, शिव शंकर रिजाल (जोगेन्द्र), अन्जु थापा, बाल कलाकार रिहानराज गिरि, नवराज श्रेष्ठ, मेरी बास्यैकि अप्सरा लक्ष्मी श्रेष्ठ, राजेन्द्र गिरि, विनोद राई, सरु धिमाल, संचारकर्मी सुर्य चन्द रेशम फिरिरी लागायतका कलाकारहरुको अभिनय रहको छ ।

त्यस्तै यस चलचित्रका निर्मातामा मधुर बस्नेत रहेका छन भने यस चलचित्रका छायांकन मधुर बस्नेतले नै गरेका हुन् । लेखक बिशेष पन्तको लेखन रहेको यस चलचित्रमा द्वन्द सम्राट बस्नेत र गीत संगीतकारहरुमा ध्रुब बिस्को, सुगम पोखरेल, टंक बुढाथोकी र कमल खत्रीको रहेको छ, कलर तथा चलचित्र सम्पादनमा नितेश लामा छन् ।