बलिउडमा डेब्यू गर्दै अनुपविक्रम शाही

...

काठमाडौं ।अभिनेता अनुपविक्रम शाहीले बलिउडमा डेब्यू गरेका छन्। शाहीले सलमान खान स्टारर फिल्म ‘ब्याटल अफ गलवान’बाट बलिउडमा डेब्यू गरेका हुन् । लद्दाखमा फिल्मको पहिलो सेड्युलको छायांकन सकिएको अनुपले सामाजिक संजालबाट जानकारी दिएका छन्। यो फिल्मलाई सन् २०२६ को प्रतीक्षित फिल्म बताइएको छ ।

उनी लेख्छन्,‘सलमान खान सरसँग एसकेएफ फिल्म्सद्वारा निर्मित र अपूर्व लाखिया सरद्वारा निर्देशित, लद्दाखमा मेरो डेब्यू बलिउड फिल्मको पहिलो तालिका पूरा गर्न पाउँदा साँच्चै सम्मानित र कृतज्ञ महसुस गर्दैछु । अगाडिको यात्राको लागि उत्साहित छु ।’

anoop bikram