शिवराज पौडेलले ल्याए ‘मुटुमा तिम्रै छ नी नाम माइली’

...

काठमाडौँ । पशुपति म्यूजिकका सञ्चालक शिवराज पौडेलले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘मुटुमा तिम्रै छ नी नाम माइली’ बोलको सार्वजनिक गीतमा मनस्थिति देशमै बस्ने माइली सँग रमाउने तर परिस्थिति परदेश भासिन बाध्य बनाउने कथालाई प्रस्तुत गरिएको छ । नेपाली सामाजिक यथार्थलाई गीत मार्फत प्रस्तुत गरेका शिवराजले गीतको भिडिओ पनि सार्वजनिक गरेका छन् । जुन पशुपति म्युजिकको अफिसियल युट्युव च्यानल मार्फत हेर्न सकिन्छ ।

गीतमा सुगम संगीतका ख्यातिप्राप्त गायक स्वरुपराज आचार्य र गायिका लक्ष्मी मल्लको स्वर छ । गीतमा रमेश कोइरालाको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको छ ।

गीतको भिडिओको कथा र निर्देशन शंकर विसीले गरेका छन् । भिडिओमा चकलेटी नायक आर्यन सिग्देल, अञ्जली अधिकारी र आरोना मल्लले अभिनय गरेका छन् । गीतमा देश विदेशमा एक अर्काको साथ खोज्दै दिन व्यतित गर्न विवश प्रेमिल जोडीको पीडालाई उठान गरिएको छ ।

पशुपति म्यूजिक मार्फत नेपाली लोक तथा आधुनिक गीत संगीतको विस्तार र व्यवसायिकतामा चर्चा गर्न योग्य भूमिका निर्वाह गरेका शिवराज पौडेल राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका आजीवन सदस्य समेत हुन् ।

पौडेल क्यासेट, सिडी, सिआरविटी हुदैँ डिजिटल युगमा समेत गीतसंगीतको श्रीबृद्धिका लागि सक्रिय रहदै आएका छन् ।