चन्द्रागिरिमा शिवरात्रीको अवसरमा सांगीतिक कार्यक्रम सम्पन्न

फागुन, काठमाडौं ।  चन्द्रागिरि हिल्समा घुम्न आउने तिर्थालु तथा पर्यटकको मनोरञ्जनका लागि महाशिवरात्रीको अवसरमा बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न चन्द्रागिरि भालेश्वर उत्सवमा चर्चित भरत सिटौला, अविनाश घिसिंगले आफ्नो प्रस्तुती दिएका थिए ।

निशुल्क गरीएको कार्यक्रम करिब ३ घण्टा सम्म चलेको थियो । दुई दर्जन बढी कलाकारहरुको साथमा चलेको कार्यक्रममा कमेडियन राजेन्द्र गिरीको विविभ हास्यव्यंग्य कार्यक्रम प्रस्तुती थियो । चन्द्रागिरि भालेश्वर उत्सवमा शिवपार्वतीको नृत्यु, ताण्डव नृत्य, ब्रजयोगिनी नृत्य पनि प्रस्तुत गरिएको थियो ।

स्वस्थानी ब्रत कथामा सतिदेवीको निधार पतन भएर ऊत्पन्न भएको भालेश्वर महादेवको मन्दिर अवस्थित चन्द्रागिरिमा अहिले चन्द्रागिरि हिल्स लिमिटेडले केबलकार सहित एकीकृत पर्यटकीय केन्द्र निर्माण गरेको छ । जुनेली बिजनेस हाउसले व्यवस्थापन गरेको कार्यक्रममा ३ हजार बढि दर्शकको सहभागिता रहेको थियो ।