काठमाडौँ । फिल्म ‘मोना लिसा (ब्लडी लभ)’ निर्माण हुने भएको छ । घटस्थापनाको अवसर पारेर निर्माण युनिटले सो फिल्म निर्माणको घोषणा गरेको हो ।सन् २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने योजनाका साथ फिल्ममा रोमान्स र एक्सनको मिश्रण रहने बताइएको छ।
फिल्मको लेखन तथा निर्देशन किङ योगीले गर्नेछन् भने यसमा भारतसहित विभिन्न देशका प्राविधिक टोली रहनेछन्। ठुलो बजेटमा निर्माण हुने भनिएको फिल्ममा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने छन्।
हाल फिल्मको प्रारम्भिक तयारीसँगै कलाकार छनोट भइरहेको छ ।







६ आश्विन २०८२, सोमबार ११:३१ 








