काठमाडौं । अभिनेता विजय बराल लाई पुत्रीलाभ भएको छ । उनीहरूको यो दोस्रो सन्तान हो । यसअघि छोरा छन् । उनकी पत्नी तथा अभिनेत्री प्रमिलाले आज बिहान बागबजारस्थित मोडल अस्पतालमा सन्तानलाई जन्म दिएकी हुन्।
उनले फेसबुकबाट फोटो सेयर गर्दै प्रशंसकलाई यसबारे जानकारी दिएका छन् ।उनी लेख्छन्, ‘आज जीवनले फेरि एउटा कविता लेखिदियो प्रिय प्रमिला । न्यानो सास, मनमा चलेको बेजोड ढुकढुकि र आमाको थाकेको अनुहारबीच जन्मिएको फेरि एउटा नयाँ संसार । परिवारमा सदस्यको रुपमा लक्ष्मीको आगमन भएको सुखद जानकारी गराउन चाहेँ । धन्यवाद ममी डा. अरुणा कार्की एण्ड टिम ।’








६ आश्विन २०८२, सोमबार १३:३३ 








