काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्त र गायक बिष्णु कुमारको स्वरमा रहेको नयाँ गीत ‘बुट्टे चोली’ सार्वजनिक गरिएको छ । शब्द र संगीत मदन ढकालको छ भने तिर्थ खत्रीको हुकलाइन छ ।
डिबिआर रिलिज युट्युवमार्फत सार्वजनिक गीतको भिडिओमा हरिश निरौला (कक्रोज) र जुना सुन्दासले नृत्य गरेका छन् । जेरी भण्डारीले निर्देशन गरेको भिडिओ दिनेश पराजुलीको टिमले खिचेको हो । भिडिओ सुजन कोइरालाले सम्पादन गरेका हुन् ।
भिडिओको निर्माता बसन्त बास्कोटा (बिवस) हुन् । उनले आफ्नो कम्पनीको अफिसियल युट्युव च्यानलमार्फत भिडिओ सार्वजनिक गरेका हुन् । निर्माता बिवसले आगामी दिनमा पनि निरन्तर म्युजिक भिडिओ ल्याउँदै जाने बताएका छन् । गीतमा शब्द र संगीत दिएका मदन ढकाल आफैमा गायक पनि हुन् । उनले यसअघि दर्जन बढी गीत गाइसकेका छन् । यसअघिका उनका गीतलाई दर्शकले मन पराएका छन् । यसपटक पनि मदनले दर्शक तथा स्रोताबाट माया पाउनेमा आशावादी छन् ।







६ आश्विन २०८२, सोमबार १७:५८ 








