रहिनन् सीता सुवेदी

...

काठमाडौं । नृत्याङ्गना तथा मोडल सीता सुवेदीको निधन भएको छ । आज बिहान त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो । उनी चार महिनादेखि फोक्सो क्यान्सरबाट पीडित थिइन् । ४० वर्षकी सीता एक महिनादेखि अस्पतालको भेन्टिलेटरमा रहेकी थिइन् ।

उनले एक खुट्टाले नाचेर पहिचान बनाएकी थिइन् । उनी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक, मिस इन्टरनेसनल २०२३, प्रेरक वक्ता, गायिका, इन्टरमिडिएट–लेभल कत्थक नृत्यमा स्वर्ण पदक विजेता थिइन् ।