काठमाडौँ। सोमबार फिल्म ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तुरी’ बुढासुब्बा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो । तर, रिलिजको २४ घन्टा पनि नवित्दै युट्युबबाट उक्त गीत हटाइएको छ ।
गीतमा प्राविधिक समस्या देखिएपछि युट्युबबाट हटाइएको हो । यसको नयाँ भर्सन आज बेलुका वा भोलिसम्म रिलिज हुने स्रोतले बताएको छ। प्राविधिक समस्याका कारण गीतलाई युट्युबबाट हटाइएपछि फिल्मका मुख्य अभिनेता अनमोल केसीले पनि सामाजिक सञ्जालमार्फत दर्शकसँग माफी मागेका छन् । उनले लेखेका छन्, ‘सबैसँग माफी माग्छु । प्राविधिक समस्याका कारण हाम्रो नयाँ गीत हटाउनुपर्यो । तर, चिन्ता नगर्नुस्, हामी चाँडै नयाँ संस्करण लिएर आउनेछौं ।’








७ आश्विन २०८२, मंगलवार १३:४० 








