काठमाडौँ। मिस नेपालको अडिसनबाट चर्चामा आएकी रोस्नी खड्काले फिल्ममा डेब्यु गर्ने भएकी छिन् । ‘डल्लेले इन्ट्री मार्यो’ चलचित्रमा उनी सागर लम्साल (बले) को को जोडीका रूपमा देखीदैछीन् ।
‘मिस नेपाल २०२५’मा अडिसन दिएको एउटा भिडियो क्ल्प्सि सार्वजनिक भएपछि चर्चामा आएकी रोस्नी मोडल तथा थिएटर आर्टिष्ट पनि हुन् ।सामाजिक कथानक हास्य प्रधान चलचित्र उषा फिल्म सको ब्यानरमा बन्न लागेको चलचित्र हो ‘डल्लेले इन्ट्री मार्यो’। फिल्मको सुटिङ दसैँपछि सुरु हुने बुझीएको छ ।







७ आश्विन २०८२, मंगलवार १८:२० 








