काठमाडौँ। अभिनेता अनमोल केसीको स्वास्थ्यमा समस्या आएको छ। अनमोल केही दिनदेखि ज्वरोका कारण बिरामी परेका छन्। स्वास्थ्य जाँचका लागि अस्पताल लगिए पनि ज्वरो नघटेको पारिवारिक स्रोतले बताएको छ ।
स्वास्थ्यमा समस्या आएकै कारण उनको आगामी फिल्म ’जेरी अन टप’ को ट्रेलर रिलिज कार्यक्रममा समेत सहभागी हुन सकेनन् । फिल्म ‘जेरी अन टप’ आगामी असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
फिल्ममा अनमोलको अलावा आँचल शर्मा र जसिता गुरुङको मुख्य भूमिका छ ।







२५ आश्विन २०८२, शनिबार १०:२६ 








