‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक

...

काठमाडौँ। चलचित्र ‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकारहरू सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ र रवीन्द्र झालाई पनि देख्न सकिन्छ ।

बुद्दि सेक्युरिटी गार्डको पोशाकमा देखिएका छन् भने नीतासहितका कलाकारहरू गम्भीर मुद्रामा चित्रित छन् । पोस्टरमार्फत पात्रहरूको मनोदशालाई प्रस्तुत गरिएको छ ।

कात्तिक २१ गतेबाट प्रदर्शन हुन लागेको यो फिल्ममा सन्तोष पन्त, रमा थपलिया, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा लगायतको  अभिनय रहेको छ ।