काठमाडौँ । चर्चित गायक प्रमोद खरेल सहितको “प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड”को कार्यक्रम व्यवस्थापनको जिम्मा औद्योगिक शान्ति नेपाल संस्थाले लिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रम बीच औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महत र गायक प्रमोद खरेलबिच एक बर्षका लागी सम्झौता गरिएको हो ।
अध्यक्ष महत र ब्याण्डका प्रमुख भोकलिस्ट खरेलले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार आजकै मिति देखि गायक प्रमोद खरेल एण्ड परम्परा ब्याण्डका सांगितीक कार्यक्रम, कन्सर्ट तथा सार्वजनिक प्रस्तुतिहरूको सम्पूर्ण व्यवस्थापन, योजना, समन्वय र सञ्चालन कार्य औद्योगिक शान्ति नेपाल संस्थाले गर्ने बताइएको छ ।
सम्झौता पश्चात् गायक प्रमोद खरेलले ब्याण्डले पुर्णता पाएको भन्दै औद्योगिक शान्ति नेपाल संस्था जस्तो अनुभवी टिमसँग सहकार्य गर्न पाउँदा हर्षित रहेको बताएका छन् । यस साझेदारीले अबका कार्यक्रम र प्रस्तुति अझ व्यवस्थित, प्रभावशाली र दर्शकमैत्री हुने विश्वास व्यक्त गरेका छन् ।
औद्योगिक शान्ति नेपालका अध्यक्ष महतले गायक प्रमोद खरेल जस्ता स्थापित कलाकार सँग सहकार्य गर्न पाउनु आफ्नो संस्थाका लागी गौरवको बिषय रहेको बताएका छन् । महतले यस सम्झौताले नेपाली संगीत उद्योगको व्यावसायिकता र अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुतिको दायरा विस्तार गर्न मद्दत पुग्नेछ भन्नेमा विश्वास लिएको बताए । औद्योगिक शान्ति नेपाल संस्था विगत १५ वर्ष देखि देश तथा विदेशमा विभिन्न सांगीतिक, सांस्कृतिक र सामाजिक कार्यक्रमहरू गर्दै आएको छ ।







१ कार्तिक २०८२, शनिबार १७:११ 








