जिया जीसँग म खुसी छु -भुवन केसी

...

काठमाडौँ। जिया केसीसँगको सम्बन्धको विषयमा बोले भुवन केसी भन्छन्, ‘यदि जिया जी मेरो लाइफमा पहिल्यै आउनुभएको  भए मेरो अरू दुई वटा विवाह हुँदैनथ्यो । तर जिया जीलाई मैले मेरो दुई वटा घरबार टुक्रिसकेपछि मात्रै अन्तिममा भेटे । अहिले म अत्यन्तै खुसी छु । अनमोल पनि धेरै खुसी छ । हाम्रो परिवार नै खुसी छ । भुवन केसी थप प्रस्ट्याउँछन्, भाग्य र समयले जे गराउँछ त्यो भोग्नै पर्ने रहेछ । मैले त्यही भोगे र जीवनमा ठुलो पाठ सिके ।’

झन्डै एक दशकदेखि अभिनेता भुवन केसी र जिया केसी प्रेम सम्बन्धमा छन् । यो जोडी अहिले लिभइन टुगेदरमा पनि छ । परम्पराअनुसार यी दुईबीच विवाह भएको छैन ।

अघिल्ला दुई श्रीमतीसँगको असफल वैवाहिक सम्बन्धपछि भुवन यतिबेला जियासँगै छन् । अनमोलकी आमा समेत रहेकी सुस्मितासँगको सम्बन्ध आफ्नो कारणले भन्दा पनि उनकै कारणले टुटेको खुलासा पनि भुवनले गरेका छन् । साथै अमेरिकामा रहेकी जेठी पत्नीसँग भेट्ने र कुराकानी भइरहने भन्दै उनले सम्मान रहेको बताउने गर्छन् ।