आमा बनिन् परिणीति

...

काठमाडौँ। बलिउड अभिनेत्री परिणीति चोपडाले आइतबार छोरालाई जन्म दिएकी छिन्। परिणीतिका पति राघव चड्ढाले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन्, ‘ऊ अन्ततः आइपुगेको छ! हाम्रो छोरा, र साँच्चै भन्नुपर्दा, हामीलाई यसभन्दा पहिलेको जीवन याद छैन ! हाम्रा हातहरू पूर्ण भएका छन्, हाम्रो मन अझ पूर्ण भएको छ। पहिले हामीसँग एक-अर्का मात्र थियौँ, अब हामीसँग सबै थोक छ। आभारसहित, परिणीति र राघव।’

राघव र परिणीति सन् २०२३ मा विवाह बन्धनमा बाँधिएका हुन्।  यो जोडीले सन् २०२५ अगस्ट २५ मा आफूहरू माता-पिता बन्न लागेको आधिकारिक घोषणा गरेको थियो।

raghav