काठमाडौँ। गायिका आत्महत्या प्रकरणमा मुछिएका गायक बाबुल गिरी अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । गायिका नीतु पौडेलले उनको स्टुडियोमा पुगेर आत्मदाह गरेपछि बाबुल यो घटनामा जोडिएका हुन् । सार्वजनिक भएका समाचार अनुसार बाबुल र नीतु झन्डै एक दशक देखी प्रेम सम्बन्धमा रहेको कुरा पनि खुलेको छ ।
गत शनिवार आफैँले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु पौडेलको शुक्रवार बिहान उपचारको क्रममा ‘कीर्तिपुर बर्न हस्पिटल’ मा निधन भएपछि बाबुल प्रहरी हिरासतमा छन् ।
नीतुले गरेको विवाहको प्रस्ताव बाबुलले नकारेपछि पटक पटक टार्दै आएपछि उनले आत्महत्या गरेको कारण बाबुल नै यस घटनाको जिम्मेवार भएको कुरा नीतुको परिवारले दाबी गरेको छ । अहिले बाबुल गिरिमाथि अनुसन्धान भइरहेको छ ।







८ कार्तिक २०८२, शनिबार १०:५८ 








