विजय बरालले किने ५७ लाख मूल्य पर्ने कार

...

काठमाडौँ। अभिनेता विजय बरालले  ५७ लाख मूल्य पर्ने प्रोटोन ब्रान्डको पहिलो विद्युतीय गाडी हालसालै किनेका छन्। सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले विजय बरालको भाग्य बदलियो  ।

उनले एकपछि अर्को नयाँ फिल्ममा लिड रोलमा काम पाईरहेका छन् ।  उनी अभिनीत अर्को फिल्म ‘वरिष्ठ बलराम’ अहिले हलमा चलिरहेको छ । दयाह्याङ्ग राईसँग साइड रोल गरिरहेका विजयले अहिले दयाह्याङ्ग जतिकै लोकप्रियता कमाई सकेका छन्।

साइड रोल गर्ने विजय अब लिड  रोलमा फिल्म गर्छन्।